|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि प्रहार भएको मकैको खोया देखाउँदै हरेक प्रकारका प्रहारको सामना गर्न तयार रहेको बताएका छन्। 

पोखराको अमरसिंह चोकमा शनिबार आयोजित कार्यक्रममा भाषण गर्दैगर्दा लामिछानेमाथि भीडबाट मकैको खोया प्रहार भएको थियो। 

‘यो देशमा प्रश्न कसलाई गर्नुपर्ने हो । यस्ता घोगाहरु कसलाई फाल्नुपर्ने हो मलाई थाहा छैन। कयौं घराबन्दी, कयौं मुद्दा मामिला, कयौं आक्रमण, कयौं धाकधम्कीबाट नडराइकन म यो बाटो हिँडेको मान्छे हुँ।’  उनले भने, ‘आफ्नै मिहिनेत र परिश्रम, कसैको केही नखाई, सम्मानित जीवन बाँच्ने सुविधालाई एकातिर पन्छाएर खुला किताब भएर आएको हुँ । अरूको हकमा भए एउटा पीरले मान्छेलाई थला पार्छ । मैले एकपछि अर्को पीर, दुःख घेराबन्दी र षडयन्त्र सामना गर्नुपरेको छ । अब त नयाँ प्रहारहरू पनि सुरु भएको रहेछ । सुनाइदिनु होला यो खबर रवि लामिछाने हरेक प्रहारसँग जुध्न तयार छ ।कुनै चिजबाट डराएर पछि हट्न आएको होइन।  

उनले खोया प्रहार गर्नेलाई आफूले फूल दिने बताए। 

‘खोया प्रहारको बदलामा फूल छाडेर जाँदैछु । आजका लागि मेरो लागि स्मरणीय रहनेछ।’ लामिछानेले भने। जसले खटाएर जे सोचेर प्रहार भएको हो । मनबाट गल्ती भएछ भन्ने स्वयंलाई मेरो कामबाट महसुस गराउने गरी फेरि यही चोकमा आएर यसबारे कुराकानी गर्नेछु।’ लामिछानेले भने।

उनले मिटरब्याज पीडितको आन्दोलनमा आफू अग्रपङ्क्तिमा उभिने बताए। 

‘तपाईंहरुले खाइ नखाइ सहकारीमा जम्मा गरेको पैसा फिर्ता नभएसम्म जुन ठाउँमा जान परे पनि म अग्रभागमा उभिन्छु’, लामिछानेले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.