|

बागलुङ : काठेखोला गाउँपालिका–७ रेश जिरेदीको जीप दुर्घटनाका गम्भीर घाइते भएका ३ जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ।

बिहिबार बिहान ध १ ज १८८ नम्बरको जीप सडकबाट २ सय मिटर तल खस्दा ८ वर्षीय बालक दिपक कार्की र ७० वर्षका लालबहादुर कार्कीको मृत्यु भएको थियो।

दुर्घटनामा घाइते भएका ८ मध्ये ३५ वर्षीय पार्र्वती कार्की, ३७ वर्षका प्रेम थापा र ३५ वर्षका मुक्तिराम थापालाई थप उपचारको मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको धौलागिरी अञ्चल अस्पताल बागलुङले जनाएको छ।

प्रेम थापाको टाउको, मुक्तिरामको खुट्टा र पार्बतीको कुमको भागमा गम्भीर चोट छ। जीपका चालक ३० बर्षीय रोशन कार्कीको भने धौलागिरी अञ्चल अस्पतालमै उपचार भइरहेको छ।

अञ्चल अस्पतालमा उपचार गरिएका मिना कार्की, सुमन थापा, सारदा थापा र टेक बहादुर जिसी घर फर्किएका छन्। जीप रोकेर चालक अगाडी रहेको ढुङ्गा हटाउन गएका बेला अचानक गुडेर जीप सडकबाट खसेको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनाको बारेमा थप अनुसन्धान सुरु भएको बागलुङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल खड्काले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.