|

काठमाडौँ : काठमाडौँको भृकुटीमण्डपमा हुने आठौँ घरजग्गा मेलाको तयारी पूरा भएको छ। 

पुस १२ देखि १५ गतेसम्म सञ्चालन हुने आठौँ घरजग्गा मेलाको सम्पूर्ण तयारी पूरा भएको नेपाल जग्गा तथा आवास विकास संघले जनाएको हो। 

बुधवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले १२ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने मेलाको तयारी पूरा भइसकेको बताए। 

उनले मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने बताए। उनले क्रेता र बिक्रेताहरुका लागि यो मेला महत्वपूर्ण र लाभदायी हुने बताए। उनले अहिलेको अवस्थामा आर्थिक अवस्थालाई चलायमान बनाउने उद्देश्य राखेर मेला सञ्चालन गरिएको बताए।

अध्यक्ष धमलाले यस पटकको मेलामा डेढ लाखसम्म अवलोकन कर्ताले अवलोकन गर्ने अपेक्षा लिएको बताए। मेलामा २५ वटा स्टल घरजग्गासँग सम्बन्धित रहने र बाँकी घरजग्गासँग सम्बन्धित बैंक फाइनान्स, इन्स्योरेन्स कम्पनीलगायतका स्टलहरु रहने छन्।

अध्यक्ष धमलाले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगालगायत निर्माण सामग्री प्रदर्शनमा राखिने बताए। यस वर्ष २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने अपेक्षा राखिएको बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.