|
फाइल तस्वीर

संखुवासभा : संखुवासभा प्रहरीले मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–२ रिदाकका ३५ वर्षीय छिरिङ भोटेसहित एक महिला रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। पक्राउ परेकी महिनाको नाम भने प्रहरीले खुलाएको छैन।

भोटखोला गाउँपालिका–२ च्याम्ताङबाट गएराति ७ बोरामा रहेको करिब २ सय किलोग्राम रहेको सालकको खपटासहित पक्राउ परेका छिरिङ र एक महिलालाई नियन्त्रणमा दिएको एक प्रहरी अधिकृतले बताए। 

पक्राउ परेकाहरुलाई शुक्रवार साँझसम्म सदरमुकाम खाँदबारी ल्याइने प्रहरीले जनाएको छ। घटनास्थल सदरमुकामबाट ३ दिनको पैदल दूरीमा पर्छ। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ। पक्राउ परेकाहरुलाई सदरमुकाम ल्याएपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.