|

भोजपुर : अरुण गाउँपालिका-१ प्याउली मरेङडाँडाका ३ बालबालिकाको एकै ठाउँ भएको हत्या अझै रहस्यमै छ। करिब दुई सातासम्म पनि घटनाको भित्री पाटो पहिल्याउन र दोषी पहिचान गर्न नसकिएपछि स्थानीय जनजीवन भयभीत बन्दै गएको छ।

असार १० गते साँझ अचानक हराएका अरुण ३ का १६ वर्षीय रञ्जीव सापकोटा, १४ वर्षीया सुष्मा फुयाल र ८ वर्षका प्रदीप फुयाल असार १२ गते बिहान साढे ७ बजे स्थानीय तोरन कार्कीको माछापोखरीमा डुबेको अवस्थामा मृत फेला परेका थिए। सुष्मा र प्रदीप दिदीभाइ हुन्। रञ्जीव उनीहरुका छिमेकी हुन्।

शव फेला परेको माछापोखरी उनीहरुको घरबाट डेढ सय मिटरजति दूरीमा पर्छ। पूर्वाञ्चल क्षेत्रीय प्रहरीकै सक्रियतामा अनुसन्धान जारी रहे पनि निचोडमा पुग्न नसकिएको प्रहरीले जनाएको छ।

विरलै देखिने आपराधिक घटना भोगेको प्याउली बजार र आसपासका बासिन्दा शोकमा डुबेका छन्। परिवार र आफन्तका आँसु अझै ओभाएका छैनन्। उनीहरुमा उत्तिकै त्रास छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.