|

बझाङ : जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

चैनपुरस्थित पुरानो बसपार्कमा गएराति १० बजेतिर डोजर दुर्घटना हुँदा चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिए।
 
‘बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा जेसीबी सडकबाट २० मिटर तल खसेको रहेछ’, उनले भने, ‘च्यापिए घटनास्थलमै चालकको मृत्यु भएको भेटियो।’ 

प्रहरीका अनुसार मृतक कठायतको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.