|

काठमाडौं : साउदी अरबको रोजगारदाता कम्पनीले पाँच वर्षअघि नेपाली श्रमिकलाई नदिएको पारिश्रमिक र अन्य सुविधाबापतको रकम दिन बोलाएको छ। 

साउदीस्थित मोहमद अल मोजिल ग्रुप नामक कम्पनी अहिले पुरानै अवस्थापछि त्यो बेलामा पारिश्रमिक नपाएका ५७१ नेपाली श्रमिकलाई पारिश्रमिक लिन बोलाएको हो। 

बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, पाँच वर्षपहिले उक्त कम्पनी टाट पल्टिएर बन्द हुने अवस्थामा पुगेको थियो। वर्षौँसम्म काम गरेका नेपाली श्रमिकलाई कम्पनी नोक्सान भएर बन्द अवस्था पुगेपछि त्यत्तिकै फिर्ता पठाएको थियो। उक्त कम्पनीले नेपाली दूतावासमार्फत नेपाली श्रमिकले पाउन बाँकी पारिश्रमिक र कम्पनीको शर्तअनुसार दिने अन्य सेवाका लागि आउन आग्रह गरेको छ। 

कम्पनीका अनुसार ५७१ जना नेपाली श्रमिकले सो कम्पनीबाट तलब सुविधा लिन बाँकी रहेको थियो। दूतावासले उक्त कम्पनीबाट पाउनुपर्ने तलब तथा अन्य सुविधा लिन बाँकी रहेका नेपाली श्रमिकको सूचीसमेत सार्वजनिक गरेको छ। 

रियादस्थित नेपाली दूतावासका अनुसार कम्पनीका तर्फबाट नेपाली श्रमिकलाई तलब सुविधा लिन बोलाएका कारण सूचना जारी गरिएको छ। कम्पनीले सूचना जारी गरेपछि सोबारे जानकारी दूतावासको फेसबुक पेजमा पनि राखिएको छ। सम्बन्धित नेपाली श्रमिकले दूतावासले सार्वजनिक गरेको लिङ्क प्रयोग गरी यथाशीघ्र आवश्यक विवरण भरी बुझाउन सकिने व्यवस्था गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.