|

काठमाडौं : काठमाडौं महानगरपालिका आफ्नै टेलिभिजन खोल्ने निर्णयबाट पछि हटेको छ। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले थाहाखबरसँग कुरा गर्दै बजेटमार्फत टेलिभिजन खोल्ने योजना ल्याए पनि त्यो कार्यान्वयन नगरिने जानकारी दिए। 

उनले भने,‘टेलिभिजन स्थापना हुँदैन,अब योजना स्थगित भयो।’​ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले गत असारमा  वार्षिक बजेट, आर्थिक र विनियोजन विधेयक पेस गर्दै महानगरले आफ्नै टेलिभिजन च्यानल स्थापना गर्ने घोषणा गरेकी थिइन्।

उनले त्यसबेला उक्त टेलिभिजनको नाम ‘महानगर टेलिभिजन’ राखिने र यसको  स्थापनाका लागि पाँच करोड रकम विनियोजन गरेको समेत बताएकी थिइन्।

महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममै आफ्नै टेलिभिजन स्टेसन निर्माण गरी नगरबासीमा आफ्नो सूचनाहरू प्रसारणको व्यवस्था मिलाउनको लागि अध्ययनको थालनी गरिने योजना समेटेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.