|

संखुवासभा : विसं १०९० सालको भूकम्पको केन्द्रविन्दु संखुवासभामा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ।

जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा मंगलबार २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको हो। जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यले अब भन्ने भवन भूकम्प प्रतिरोध हुनुपर्ने बताए। 

प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले १९९० सालको केन्द्रविन्दु संखुवासभाको चैनपुरलाई पर्यटकीयस्थलमा रुपमा विकास गर्नुपर्ने बताए। १९९० सालको केन्द्रविन्दु चैनपुरमा स्मारक बनाएर पर्यटकीय क्षेत्र बनाउन सकिने प्रजिअ कार्कीको धारणा थियो।

वि.सं १९९० माघ २ गते संखुवासभाको चैनपुरलाई केन्द्रविन्दु बनाएर ८.४ रेक्टर स्केलको भूकम्प गएको थियो। १९९० सालको भूकम्पमा परी ८ हजार ५१९ जनाको ज्यान गएको थियो भने २ लाख १० हजार बढी भौतिक संरचनाहरु पूर्ण रुपमा क्षति भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.