|

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रुखले किचेर एक महिलाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा खाँदबारी–९ तुम्लिङटार ६२ वर्षीया दिलकुमारी घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक असोक जगेबुले जानकारी दिए।

घर नजिकैको जङ्गलमा दाउरा काट्न गएकी घिमिरेको दाउरा काट्न लाग्दा रुखले किचेर घटना स्थलमै मृत्यु भएको प्रहरी निरीक्षक जगेबुले बताए।

शनिबार बिहान ७ बजे घरबाट निस्किएकी घिमिरेलाई अरुण तेस्रोमा कार्यरत मजदुरले मृत अवस्थामा फेला पारेर स्थानीयलाई खबर गरेका थिए।

मृतक घिमिरेको शव पोष्टमार्रटका लागि संखुवासभा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.