|

दाङ : लुम्बिनी प्रदेशमा राष्ट्रियसभाका लागि भएको मतदान सकिएको छ।

३०५ मतदाता रहेकोमा ३०३ मत खसेको र बाँकी २ जना नआउने जानकारी गराएकाले मतदानको काम सकिएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताए।

मतदानमा प्रदेशसभातर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मतमध्ये २१६ मत खसेको र २ मत खस्न बाँकी रहेको थियो।

मतदानको समय ३ बजेसम्म रहे पनि बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय आउन नसक्ने जानकारी गराएपछि मतदानको काम सम्पन्न भएको हो।

२ सिटका लागि भएको निर्वाचनमा ८७ प्रदेशसभा सदस्य र २१८ स्थानीय तहका प्रमुख उपप्रमुख गरि ३०५ मतदाता रहेका थिए भने ६ जना उम्मेदवार प्रतिष्पर्धामा छन्।

अहिले मुचुल्का तयारीको काम भैरहेको र मत गणना छिट्टै शुरु हुने निर्वाचन कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.