|

काठमाडौँ : नवौँ नेपाल विल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी शुरु भएको छ।​ बिहीवारदेखि काठमाडौंको भृकुटीमण्डपमा नवौँ नेपाल विल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी शुरु भएको हो।

मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्सले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनीको अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरे।

मेलाको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले विल्डकन अन्तरराष्ट्रिय प्रदर्शनीले विभिन्न खालका उत्पादन उपभोक्ताबीच पुग्ने बताए। उनले विभिन्न उपभोग्य वस्तु एकै ठाउँमा हेर्न र खरिद गर्न सजिलो हुने बताए। मन्त्री महतले उपभोगमा वृद्धि हुँदा मात्रै लगानी वृद्धि हुने भएकाले मेलाले उपभोग बढाउन मद्दत गर्ने दाबी गरे।

उनले मेलामा राष्ट्रिय र अन्तरराष्ट्रिय उत्पादित वस्तु राखिएकाले नेपाली उत्पादन पनि गुणस्तरीय भएको उपभोक्ताले अनुभव गर्न पाउने अवसर भएको उल्लेख गरे। उनले नेपालको बजार सानो नभएको भन्दै ३ करोड जनसंख्या ठूलो भएको बताए। उनले आयात भइरहेका वस्तु नेपालमै उत्पादन गर्नका लागि प्रेरित गर्ने बताए। अर्थमन्त्री महतले लगानी, उपभोग र छनोटका दृष्टिकोणले हेर्दा यस्ता मेला हुन आवश्यक रहेको बताए।

प्रदर्शनीमा विभिन्न देशका ५ सयभन्दा बढी ब्राण्डका १५० भन्दा बढी स्टल रहनेछन्। मेलामा निर्माण सम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलर र विक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ प्रविधिबारे जानकारी गराइने आयोजकले जनाएको छ।

प्रदर्शनीमा नेपाल, भारत, चीन, ताइवान, दुबईका कम्पनीहरूले सहभागिता जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.