|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। आज (मंगलवार) नेप्से परिसूचक ९ दशमलव ४४ अंकले बढेर २ हजार ८५ दशमलव ७१ बिन्दुमा कायम भएको छ।

आज ३१५ कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता शेयर ६६ हजार ५५९ पटक खरिदबिक्री हुँदा २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९०७ रुपैयाँ बराबरको कारोबार भएको छ।

व्यापार समूहको उपसूचक शून्य दशमलव ५४ र अन्य समूहको उपसूचक शून्य दशमलव ५५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ।

सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचकमा १ दशमलव ०७ प्रतिशतको वृद्धि देखिएको छ। समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९ दशमलव ९ प्रतिशतले बढेको छ भने सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३३ करोड ७६ लाख २ हजार ४७० रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को ५ लाख ३ हजार ९ सय कित्ता शेयर खरिदबिक्री भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.