|

काठमाडौं : आजबाट दुई प्रतिक्षित फिल्म 'म यस्तो गीत गाउँछु' र 'सायद-२' प्रदर्शनमा आएका छन्। 'म यस्तो गीत गाउँछु' सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो भने 'सायद २' 'दुर्गिस फिल्स्'को ब्यानरमा निर्माण भएको हो।

लभस्टोरी फिल्म निर्देशनमा अब्बल मानिएका निर्देशक सुदर्शन थापा निर्देशित फिल्म हो 'म यस्तो गीत गाउँछु।' थापाले यस अघि 'मेरो एउटा साथी छ', 'के यो माया हो', 'मधुमास', 'प्रेम गीत' जस्ता फिल्म निर्देशन गरिसकेका छन्। गीत संगीतले पनि चर्चामा रहेको 'म यस्तो गीत गाउँछु' दर्शकमाझ प्रतिक्षित बनिरहेको छ। फिल्मको ट्रेलर र गीतलाई पनि दर्शकले युट्वुबमा राम्रो प्रतिक्रिया दिइरहेका छन्।

'म यस्तो गीत गाउँछु'मा फिल्म 'प्रेम गीत'बाट चर्चामा आएकी नायिका पूजा शर्मा र 'नाई नभन्नु ल-४' बाट सिने नगरीमा पाइला चालेका नायक पल शाहको मुख्य भुमिका  छ। उनीहरुको जोडीलाई दर्शकले खुबै मन पराएका छन्।

त्यस्तै 'सायद', 'होस्टेल', 'होस्टेल रिटर्नन्‍स्' जस्ता सफल फिल्म दर्शकमाझ ल्याएको निर्माण कम्पनी 'दुर्गिस फिल्मस्'को ब्यानरमा निर्माण भएको फिल्म 'सायद-२' को पनि चर्चामा छ। ठूलो ब्यानरमा निर्माण भएको र कुनै समयको सफल फिल्म 'सायद'को सिक्वेल फिल्म भएकाले पनि 'सायद-२' को प्रतिक्षाामा दर्शकहरु छन्। 

सुनिल रावलले निर्माण गरेको फिल्म 'सायद-२' मा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनील रावल, सुशील सिटौला, निशा कार्की, रुविना श्रेष्ठ, बुद्धिलाल मगरलगायतको अभिनय छ।

आखिर के छ फिल्ममा ?

फिल्म 'म यस्तो गीत गाउँछु' म्युजिकल लभ स्टोरी फिल्म हो। फिल्ममा लभ, रोमान्स र इमोसनलाई देखाइएको छ। जसरी यस फिल्मले प्रेमको वकालत गर्छ। ठीकविपरीत 'सायद-२' ले प्रेम सम्बन्धमा देखिने नकारात्मक पक्षलाई चित्रण गरेको छ। 

 दर्शकले लभ स्टोरी फिल्मलाई साथ दिन्छन् या मायाको नकरात्मक पक्षको विषयमा निर्माण भएको फिल्मलाई ? आजैबाट यसको छिनोफानो सुरु हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.