|

सुनसरी : नेकपा माओवादी केन्द्रले सुनसरी जिल्लाभरीको दुईवटा वडामा मात्र जितेको छ। एउटा मात्र वडा जितेको अवस्थामा पछिल्लो पटक धरान वडा नम्बर १७ को वडाध्यक्षसहित प्यानल नै जित हासिल गरेसँगै माओवादी केन्द्रले जिल्लाको दुईवटा वडाध्यक्षमा जित हात पारेको हो।

माओवादी केन्द्रबाट सुनसरी जिल्लाको १२ वटा स्थानीय तहका १ सय २४ वडामध्ये पहिलोपटक नतिजा सार्वजनिक भएको बर्जु गाउँपालिका वडा नं. १ को वडाध्यक्षमासहित प्यानल नै विजयी भएर सुनसरीमा माओवादीले खाता खालेको थियो।

प्रायः सबैजसो वडाको नतिजा सार्वजनिक हुँदा सम्ममा समेत माओवादीले सुनसरीको एउटा मात्र वडाध्यक्षमा जित हात पारेको अवस्थामा धरानको वडा नं. १७ मा माओवादी केन्द्रका सूर्यबहादुर भट्टराई (मनोज) ले वडाध्यक्षमा विजयी हासिल गरेका हुन्। उनले एमालेका पूर्णप्रसाद राई र नेपाली कांग्रेसका            नारद राईलाई पछि पार्दै विजयी भएका हुन्।

यसैगरी महिला सदस्यमा मीना लावती, दलित महिला सदस्यमा फूलमाया विक र खुला सदस्यमा युवराज विष्ट र सुवास बर्देवा विजयी भएका हुन्।

धरान वडा नं. १७ मा विजय हासिल गरेसँगै माओवादीको सुनसरीमा ११ जना जनप्रतिनिधि निर्वाचित भएका छन्।

माओवादीबाट निर्वाचित भएका सुनसरीको जनप्रतिनीधिहरु

धरान उपमहानगरपालिका

वडा नं. १७

वडाध्यक्ष : सूर्यबहादुर भट्टराई

महिला सदस्या :  मीना लावती

दलित महिला सदस्य : फूलमाया विक

खुल्ला सदस्य : युवरान बिष्ट र सुवास बर्देवा

इटहरी उपमहानगरपालिका

वडा नं. १०

खुल्ला सदस्य : रामनारायण चौधरी

बर्जु गाउँपालिका

वडा नं. १

वडाध्यक्ष : श्यामकुमार गुरुङ

महिला सदस्य : राजदेवी मगर

दलित महिला सदस्य : शोभादेवी ऋषिदेव

खुल्ला सदस्य : लालबहादुर राय अमात र रामजी कामत निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.