|

डडेल्धुरा  : नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष तथा ‘दि हिमालय टाइम्स’ बाजुरा संवाददाता प्रकाश सिहंले बाजुराका असाय तथा विपन्न महिला तथा बालबालिकाका लागि आर्थिक सहयोग गरेका छन्।

जिल्ला वालकल्यणा समितिलाई सिंहले १५ हजार ८० रुपैयाँ सहयोग गरेका छन्। पत्रकार सिंहले जिल्ला बाल कल्याण समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेलाई रु १५ हजार ८० को बैंक भौचर हस्तान्तरण गरेको हुन्।

अध्यक्ष सिंहले २०७३ फागुन २४ गते पत्रकार महासंघ बाजुरा शाखा अध्यक्ष भइसकेपछि पत्रकार महासंघको नाममा जिल्लाका विभिन्न गोष्ठी र बैठकबाट आएको भत्ता स्वरुपको रकम हस्तान्तरण गरेका हुन्। जिल्लाका विपन्न महिला, टुहुरा अनाथअसाय साहाराविहीन बालबालिकाका लागि आर्थिक सहयोग गरेको जिल्ला बाल कल्याण समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए।

नेपाल पत्रकार महासंघको प्रतिनिधित्व हुने गरी चैत ८ गतेबाट असार २७ गतेसम्म जिल्लामा बैठक र गोष्ठीमा सहभागी भएको भत्तावापतको रकम जिल्ला बालसंरक्षण कोषको खातामा जम्मा गरेका छन्।

चार महिनाको अवधिमा २२ ओटा बैठकबाट आएको भत्ता जिल्लाका बालबालिकाहरुलाई सहयोग गरेको अध्यक्ष प्रकाश सिहंले बताए। उनले भने, ‘बाजुराका यस्ता दूर दराजमा रहेका विपन्न महिला, अनाथ टुहुरा तथा असाय बालबालिका लागि सानो भए पनि सहयोग गर्न पाएकोमा खुसी भएको छु’

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने सिंहले दिएको रकम विपन्न महिला, असाय, टुहुरा बालबालिका लागि खर्च हुने बताए। बाजुरामा पत्रकारहरुको मनकारी भावनाको कदर गर्दछु र पत्रकारले बाजुरा जिल्लामा सबैभन्दा बढी सहयोग भइरहेको बताए।

पत्रकार सिंह ७ वर्षदेखि बाजुरामा कार्यरत पत्रकार हुन्। उनले विपन्न महिला तथा बालबालिकाका क्षेत्रमा विगत लामो समयदेखि कलम चलाउँदै आएका छन्। फेरि पनि सिंहले पत्रकार महासंघका प्रतिनिधित्व गरेको बेठैक अन्तक्रिया बापतको भत्ता रकम असाहयहरुलाई हस्तान्तरण गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.