|
Photo : cmprachanda.com

काठमाडौं : नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठकले दोस्रो चरणको निर्वाचनमा पार्टीले अपेक्षा अनुसारको परिणाम हासिल गर्न नसकेको प्रारम्भिक निष्कर्ष निकालेको छ। 

मंगलबार दिउँसो निर्वाचनका विषयमा छलफल गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा हेडक्वार्टर बैठक बसेको थियो। बैठकमा पार्टी अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनबारे प्राप्त रिपोर्ट, सरकार सञ्चालन र संविधान संशोधन विधेयक लगायतका विषयमा भएको प्रगतिबारे जानकारी गराएका थिए।

पार्टी एकताको भाव जनस्तरसम्म राम्रोसँग सम्प्रेषण गर्न नसकिएको, संगठनात्मक व्यवस्थापन गर्न नसकिएको, पार्टी नेतृत्वको सरकारले गरेका जनपक्षीय कामहरुलाई जनतासम्म प्रभावकारी रुपमा सम्प्रेषण गर्न नसकेको र अहिलेको निर्वाचनमा निम्न वर्गका प्रतिनिधिहरुले प्रतिस्पर्धा गर्न निकै चुनौतिपूर्ण भएको बैठकले निष्कर्ष निकालेको छ।

बैठकले जिल्ला ईन्चार्जहरु समेतको उपस्थितिमा बस्ने पार्टी केन्द्रीय सचिवालयको बैठकका एजेण्डा पनि तय गरेको छ। पार्टी केन्द्रीय सचिवालयको बैठक साउन २ गतेदेखि बस्दैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.