|

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (आइतवार) पनि उच्च अंकले घटेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २७ दशमलव २१ अंकले ओरालो लागेर २ हजार ३४ दशमलव ८२ मा सीमित भएको हो।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ३५ अंकले ओरालो लागेर ३६५ दशमलव २० मा सीमित भएको हो। 

कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ। 

कूल १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता शेयर ३ अर्ब ७७ करोड ५४ दाख २२ हजार १९६ रुपैयाँ मूल्यमा कारोबार भयो।

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको ४० करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भयो। 

एनआईसी एशिया बैंक १३ करोड ६५ लाख ६४ हजार १४० रुपैयाँ, जोशी हाइड्रोपावर १० करोड १४ लाख १९२ रुपैयाँ, सगरमाथा जलविद्युत् कम्पनी ९ करोड २७ लाख ९३ हजार ५९८ रुपैयाँ र युनियन हाइड्रोपावर ७ करोड ६१ लख १८ हजार १०७ रुपैयाँ मूल्यमा खरिद बिक्री भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। 

किसान लघुवित्त ८ दशमलव २२, युनियन हाइड्रोपावर ६ दशमलव ६५ र आशा लघुवित्तका लगानीकर्ताले ६ दशमलव शून्य ४ प्रतिशतले कमाएका छन्।

सामलिङ पावर ८ दशमलव २१, दोर्दी खोला जलविद्युत् कम्पनी ६ दशमलव १५, पाँचथर पावर कम्पनी ५ दशमलव ९१, बाराही हाइड्रोपावर ५ दशमलव ८२ र एनआईसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले ५ दशमलव ६१ प्रतिशतले गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.