|

नवलपुर : हुप्सेकोट गाउँपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक हुप्सेकोट–२ मोहनडाँडाका पदमबहादुर ब्यम्बुको मृत्यु भएको प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरे।

हुप्सेकोट–३ को बेलहानीस्थित  भित्री सडकखण्डमा झ्यालबासबाट गिरबारीतर्फ जाँदै गरेको लु ३६ प ५४९७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। 

घाइते हिराबहादुर आलेलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.