|

सल्यान :   जिल्ला अदालत सल्यानले बहुविवाह गर्ने एक जोडीलाई १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना गरेको छ। बहुविवाह गर्ने ढोरचौर गाउँपालिका वडा न ५ का १९ वर्षीय कविराज नेपाली र २० वर्षीया सुपारी भन्ने गिता विक लाई १–१ वर्ष कैद तथा जनही ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको जिल्ला अदातल सल्यानका सुब्बा विष्णु शर्माले जानकारी दिए।

शर्माका अनुसार कान्छी श्रीमती गिता विक फरार छन्। यो दम्पती  ०७४ जेठ ८ गते विवाह बन्धनमा बाँधिएको थियो। त्यसपछि असार ४ गते जिल्ला अदालत सल्यानमा कविराजकी जेठी श्रीमतीले मुद्दा दायर गरेकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • yo niyem lagu garnu manab adhikar ullanghan garnu ho. garib ko lagi matrai lagu hune niyem lagu nagrnu. jaba samma Prachanda ko xora le yo sajaye bhogdaina ta ba samma niyem lagu garnu karmachari tantra lai rajgarna dini ho.