|

पर्वत : बाँदर नियन्त्रणको विषयमा कतिपय वडा वा स्थानीय तहहरूले रुख काट्ने अभियान थाल्दा मिश्रित खालका प्रतिक्रियाहरू पाइने गरेका छन्। केही समय अगाडि पोखरा महानगरपालिकाको एक जना वडाध्यक्षले रुख काट्न निर्देशन दिएर सूचना जारी गरेपछि उनलाई ‘ट्रोल’ नै बनाइयो।

वडाध्यक्षको आदेशलाई लगत्तै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रोक्न निर्देशन दिए। यी दुई जनप्रतिनिधिहरूको बारेमा दुई खालका प्रतिक्रियाहरू आए। बजारमा बसेर गाउँमा जग्गा बाँझो राखेर करेसाबारीसम्म नै रूख हुर्काउनेहरूले छिमेकीले भोगिरहेको बाँदर आतङ्कको बारेमा नदेखेको केहीले लेखे। केहीले ‘नेपालको वन हरियो धन’ भन्दा भन्दै घरसम्मै हुर्किएको वनले बाँदर आतङ्क मात्रै नभई वन्यजन्तुको आक्रमण समेत बढ्दै गइरहेको बताए।

कतिपयले भने वडाध्यक्षले गरेको निर्णय वातावरणबिरोधी भएको बताए। मानव र वन्यजन्तुबिचको द्वन्द्वको व्यवस्थापनका लागि अरू नै उपाय लगाउनुपर्ने तर रुख काट्न नहुने उनीहरूको सुझाव थियो। यी दुवै जनप्रतिनिधिहरूको निर्णयमा विचार व्यक्त गर्नेहरू ग्रामीण क्षेत्रमा बसेर दैनिकीको रूपमा कृषि कर्म गरेकाहरू भने कमै थिए होलान्१

आजभोलि बसाईँसराईँले रित्ता बन्दै गाएका गाउँ, घरको छेउसम्मै हुर्किएको बन, जग्गा बाँझो रहँदा वन्यजन्तुलाई भएको आहाराको अभाव, वन क्षेत्रमा रहेका पानीका स्रोतहरू सुक्दै जानु तथा वनमा वन्यजन्तुको आहाराको लागि फलफूल वा आहाराको लोप हुनु लगायतका कारण बाँदर सबैभन्दा बढी बस्तीमा पसेको जनावर बनेको छ। बाँदर मात्रै नभएर पछिल्लो समयमा ठाउँ ठाउँमा ज्यूँदै वा मृत चितुवा करेसाबारीको टनेलदेखि घरकै पाक कोठामा भेटिएका उदाहरण पनि छन्।

जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवा घर भएका ज्येष्ठ टोलबहादुर थापाले पनि विगतको तुलनामा अहिले विशेषतः बाँदर आतङ्क थामीनसक्नुको रहेको बताए। आफूहरू बच्चा हुँदा बाँदरका रमाइला क्रियाकलाप हेर्नको लागि धेरै टाढा पुग्नुपरेको सुनाउँदै उनले अहिले बाँदरकै कारण हरेक गाउँमा समस्या भइरहेको बताए। ‘मान्छेहरूले एउटा भजन ‘मकै असिनालाई कुन्नि के छरेर बाँदरलाई’ गाउँथे। बाँदर लागेन, बाँदरले सताएन भन्ने त कुनै ठाउँ नै छैन’, उनले भने, ‘यो लेखपट्टिमा बाँदर कस्तो हो भनेर मान्छेले देख्नै पाउँदैनथे रे। अहिले त भात खान नि पाइन्न हजुर। पकाएको भात समेत तानेर लगो। हामी बच्चा हुँदा बाँदर देख्न पाउँदैनथ्यौँ। गङ्गा नुहाउन मोदीबेणी जाँदा घोइनौलो भन्ने ठाउँमा बाँदरको रमिता देख्दा एक छिन त्यही हरेर बसिन्थ्यो।’

पाकेको कुकर नै बाँदरले लगेको प्रसंग

टोलबहादुर मुडिकुवामा नै घर भएका जना व्यक्तिको घरको चुल्होबाटै बाँदरले कुकुरमा पाकेको भात नै बोकेर लगेको प्रसङ्ग पनि सुनाए। ‘मुडिकुवाका एक जनाले भनेका थिए कि घरभित्र भात पाकेको थियो। बाँदर छिरेर कुकरसहित लिएर गयो। आँपको रुखमा बस्यो। बाँदरको ठूलो जमात थियो। खोस्न जाऊँ भने मान्छेलाई नै चिथोर्न आउँछन्, नजाऊँ भातको भन्दा पनि खाना पकाउने कुकुर नै लग्यो भनेर ती साथीले भन्थे। उनी चुपचाप हेरेर बसेछन्। बोलुन् भने त्यही कुकुर नि लिएर भीरतिर जाला भन्ने डर भएछ। धन्न कुकरमा भएको भात सकेर रुखको कापमा राखेर त्यो बाँदर अर्को हाँगामा गएछ। पछि छिमेककै बाबुलाई एक सय रुपैयाँ दिएर आँपको रूपमा चढाएर कुकुर घरमा फिर्ता ल्याएका रे।’

यसरी चुल्होमा पाकेको अन्न समेत बाँदरको नियन्त्रणमा रहने भए पनि अब खेती गरेर बाँदरलाई नियन्त्रणमा राखेर खेती जोगाउँछु भन्ने कुरा मुस्किल भइसकेको र यसले गाउँका धेरैलाई खेती गरेर भन्दा बजारका सामग्री खरिद गरेर खान बाध्य बनाउँदै गएको उनको भनाइ छ।

फलेवास नगरपालिका–३ शंकरपोखरीस्थित नुवारका जयनारायण ढुङ्गाना पनि बाँदरकै कारण गाउँको जग्गा नै बाँझो रहने क्रम बढ्दै गएको सुनाउँछन्। आफूले जान्ने बेलामा घर आसपासको जग्गामा केही न केही खेतीपाती हुने गरेकोमा अहिले प्राय धान र मकै मात्र लगाउने गरिएको भन्दै उनले बाँदरको सास्तीकै कारण मकै लगाउनेहरूको सङ्ख्या पनि घट्दै जान थालेको बताए।

बाँदरले मकै धेरै मन पराउने भएकाले घोगा लाग्न सुरु गरेदेखि नपाक्ने बेलासम्मको अवधिमा खेतमा कुरुवा बसेका मान्छेलाई समेत झुक्क्याएर खाँदा मकै बाली नै सखाप हुने गरेको उनको भनाइ छ।

‘अहिले गाउँमा सबैभन्दा बढी पिर भनेकै बाँदरको हो। लगाएको खेती चाख्नै नपाउने भएपछि त्योभन्दा के पिर हुनु छ ररु खेती लाउनेले लाउन पाएनन्, खानेले खान पाएनन्’, ढुङ्गाना भन्छन्, ‘मेरा त घरमा काम गर्ने मान्छे नभएर पनि जग्गा बाँझो भयो। मान्छे भएर काम गरेकाहरूको पनि खेती बाँचेन। पहिला पहिला त यस्तो जानिएको थिएन, अहिले किन यसरी दैलोमै आयो कुन्नि१ हिउँदमा त यहाँ खाने पानी पनि पाइन्न, अरू तरकारी त के लगाउने हो ररु त्यही पनि आकासे वर्षाले मकै राम्रो हुन्थ्यो त्यही मकै बाँदरलाई हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.