|

ब्राजिलका पूर्वराष्ट्रपति जायर बाल्सोनारोको समर्थनमा दशौँ हजार मानिस सडकमा उत्रिएका छन्। बाल्सोनारोले सन् २०२२ मा सम्पन्न निर्वाचनको परिणाम उल्ट्याउने प्रयास गरेको आरोपको विरोधमा राजधानी साउ पाउलोमा दशौँ हजार मानिस जम्मा भएर प्रदर्शन गरेका हुन्। 

प्रहरीले बाल्सोनारोको राहदानीसमेत कब्जामा लिएर छानबिन गरिरहेको छ। केही दिनअघि बाल्सोनाराले आफूमाथि लागेको आरोपलाई गलत सावित गरिदिन समर्थकलाई सडकमा आउन अपिल गरेका थिए। र्‍यालीमासम्बोधन गर्दै बाल्सोनारोले आफूले सत्ता कब्जाको प्रयास नगरेको सडकको भिडले नै पुष्टि गर्ने दाबी गरे । बाल्सोनारोले राजनीतिक प्रतिशोधका कारण झुटा आरोप लगाएर आफूलाई सिध्याउने प्रयास भएको गुनासो गरेको बीबीसीले जनाएको छ। 

बाल्सोनारोमाथि कोभिड–१९ को समयमा खोप प्रमाणपत्रको फर्जी तथ्यांक बनाएको, विदेशबाट प्राप्त उपहार दुरुपयोग गरेको जस्ता आरोपसमेत छन्। तर बाल्सोनारोले भने आफूलाई राजनीतिक रूपमा उत्पीडन गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.