|

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अंकले उकालो लागेर १ हजार ९९२ दशमलव ३० मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव १४ अंकले उकालो लागेर ३५५ दशमलव ९७ मा पुगेको छ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ। 

विभिन्न कम्पनीका कूल ५९ लाख ८८ हजार ७१७ कित्ता शेयर २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन्।

नेप्सेका अनुसार कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ। सो कम्पनीको ९ करोड ७१ लाख ८० हजार २२९ रुपैयाँ मूल्य बराबरको शेयर कारोबार भयो।

हिमालयन रिइन्स्योरेन्स ७ करोड ७५ लाख ३ हजार ८२२ रुपैयाँ, शिवम् मिसेन्ट ६ करोड ६७ लाख ६७ हजार ५२८ रुपैयाँ, गुर्खाज फाइनान्स ६ करोड २६ लाख ६४ हजार १८ रुपैयाँ र सन नेपाल इन्स्योरेन्स ६ करोड १८ लाख ७ हजार ९१८ रुपैयाँ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

मनकामना स्मार्ट लघुवित्त ८ दशमलव १६, नेपाल वेयर हाउस कम्पनी ७ दशमलव ६५, सोनापुर मिनरल्स ७ दशमलव ३५ र सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ६ दशमलव ७२ प्रतिशतले कमाएका छन्।

समाज लघुवित्त १०, बीपीडब्ल्यू ८ दशमलव ७७, किसान लघुवित्त ५ दशमलव ५६, गुर्खाज फाइनान्स ५ दशमलव ३५ र ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलोका लगानीकर्ताले ३ दशमलव ६० प्रतिशतले गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.