|

काठमाडौँः थाइल्याण्डको राजधानी बैंककमा सम्पन्न प्रतियोगितात्मक कला प्रदर्शनीमा नेपाली कलाकार अनिता खनाल भट्टराईले ‘अनरेवल मेन्सन अवार्ड’ जितेकी छन्। 

नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अमेरिका, इटलीलगायत विभिन्न आठ देशका कलाकारहरूको सहभागिता रहेको प्रतियोगितात्मक कला प्रदर्शनीमा कलाकार भट्टराईले सो अवार्ड जितेकी हुन्। ललितकला विषयमा स्नातकोत्तर गरेकी भट्टराईले नेपाल तथा विदेशमा एकल तथा सामूहिक कला प्रदर्शनीमा सहभागिता जनाइसकेकी छन्।

पुरस्कार ग्रहण गर्न थाइल्याण्ड पुगेकी कलाकार भट्टराईले आफ्नो जल रङले अन्तर्राष्ट्रिय पुरस्कार पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै नेपाली कलाकारले अवसर पाए देश–विदेशमा पुरस्कृत तथा सम्मानित हुन सक्ने दाबी गरिन्। ‘नेपाल कलाको लागि अत्यन्तै संभावना बोकेको भूमि हो। अन्य देशका कलाकार र कलाका मर्मज्ञ समक्ष नेपालबारे प्रचार–प्रसार गर्न कार्यक्रमले सहयोग पुगेको छ’, भट्टराईले भनिन्। 

एक साता लामो सो कार्यक्रममा प्रदर्शनीका साथै कला कार्यशाला पनि गरिएको थियो। फोकस बंगलादेशले आयोजना गरेको सो कार्यक्रममा पुरस्कृतलाई अन्तर्राष्ट्रिय वाटर कलर सोसाइटी थाईल्याण्डका प्रमुख लाफेले पुरस्कार प्रदान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.