देविमाया २२ दिनदेखि बेपत्ता थिइन्

|

इलाम : चुनावी प्रचारका लागि गत असार ७ गते घरबाट हिडेंकी इलाम नगरपालिका–१२ साङरुम्बाकी देविमाया फागो जंगलमा मृत फेला परेकी छिन्। इलाम नगरपालिका–१२ दोकान टोल (साबिक साङरुम्बा–३) का धनबहादुर बोहराको अम्लिसो बारीको रुखमा झुन्डिएको अवस्थामा उनको कंकाल फेला परेको प्रहरीले जनाएको छ।

३९ बर्षिया देविमाया फागोको खोजीका लागी बाबु लाखबहादुर फागोले असार १० गते जिल्ला प्रहरी कार्यालय इलाममा निवेदन दिएका थिए। बुधवार बेलुका घाँस काटन जानेहरुले कंकाल भेटेपछि इलाका प्रहरी कार्यालय मंगलबारेमा खबर गरेको प्रहरी निरीक्षक अम्बर बहादुर निरौलाले बताए। 

मृतकले लगाएको कपडा र चप्पलबाट उनको पहिचान भएको थियो। कंकाल आकाशे रंगको सलले घाटीमा झुन्डिएको अवस्थामा फेला परेको हो। मृतक फागोको हत्या भएको हो वा आत्महत्या भन्ने विषयमा छानबिन भइरहेको प्रहरी निरीक्षक निरौलाले बताए।

कंकाललाई डिएनए परीक्षणका लागि पठाउन जिल्ला प्रहरी कार्यालय इलाममा ल्याइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.