|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले समितिले दिएको निर्देशनलाई सरकारले कार्यान्वयन नगरेकोबारे असन्तुष्टि व्यक्त गरेका छन्। बिहीबारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा उनले आफ्नो असन्तुष्टि व्यक्त गरे।

उनले समितिले दिएका निर्देशन कार्यान्वयन नगरेकोबारे प्रधानमन्त्रीलाई समितिमा बोलाएर ध्यानाकर्षण गराउनुपर्ने माग गरे। उनले समितिले गरेका निर्णयहरु र दिएका निर्देशन सरकारले किन मानेन भन्नेबारेमा सरकार गम्भीर बन्नुपर्ने बताए।

उनले समितिले दिएको निर्देशन कार्यान्वयन नभए समितिको औचित्य नरहने बताए। यसबारेमा समितिले सरकार प्रमुखलाई बोलाएर जवाफ माग्नुपर्ने बताए।

उनले भने, ‘गुणस्तरमै समस्या छ भन्नुभएको छ। यही डण्डीबाटै पुल, बिल्डिङ, सुरुङ बन्ने जतिपनि पूर्वाधार बन्ने छ, यो गम्भीर कुरा छ । र्‍यापिड स्तरमै छलफल गरेर समितिले निर्देशन दिनुपर्छ। समितिले निर्देशन दिएका कुरा कार्यान्वयन भएको रहेनछ। प्रधानमन्त्रीज्यूलाई नै उपस्थित गराएर समितिले गरेका निर्णयहरु हामीले दिएका निर्देशन किन मानेन सरकारले भन्नेकुरा गम्भीर छ। सरकारको प्रमुख प्रधानमन्त्री हुनुहुन्छ, यसलाई गम्भीर रुपमा लिनुपर्छ। हामीले निरीक्षण किन गरेको, छलफल किन गरेको, किन निर्देशन दिएको यदी कार्यान्वयन नहुने हो भने। हामीले सरकार प्रमुखसँगै सल्लाह गर्नुपर्छ।’

उनले छडजन्य सामग्रीको गुणस्तर मापनमा बढी जोड दिन आवश्यक रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.