|
फाइल फोटो

गाजा शहरको पश्चिम क्षेत्रमा सहायता लिन पर्खिरहेका प्यालेस्टिनीको भेलामा बिहीबार इजरायली सेनाले गरेको बम आक्रमण गर्दा कम्तीमा ७० जनाको मृत्यु भएको छ।

इजरायली बमबारीमा कम्तीमा ७० जनाको ज्यान गएको र २५० जना घाइते भएको मेडिकल स्रोतले सिन्ह्वालाई बताएको छ।

मृतक र घाइतेहरूलाई अल-शिफा अस्पतालमा लगिएको छ। तर अस्पतालमा चिकित्सक र चिकित्सा उपकरणको अभाव रहेको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार इजरायली सेनाले गाजा शहरको पश्चिममा अल-राशिद स्ट्रिटमा नागरिकको भेलालाई आक्रमणको निशाना बनाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.