|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर आँखा अस्पतालको भवन उद्घाटन गरेका छन्। 

भरतपुर भ्रमण वर्ष आरम्भ गर्न चितवन आएका वेला प्रधानमन्त्रीले शुक्रबार बिहान आँखा अस्पतालको साढे तीन तलाको सुविधा सम्पन्न भवन उद्घाटन गरेका हुन्।

भरतपुर महानगरपालिका-११ बाइपास रोडमा भरतपुर अस्पतालको जग्गामा १३ करोड ५० लाख रुपैयाँ लागतमा अस्पतल भवन निर्माण गरिएको हो ।

यस क्रममा उनले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’को रूपमा विकास हुँदै गएको बताए। उनले आँखा असपताल भरतपुरका लागि मात्र नभएर स्वदेश तथा विदेशका सेवाग्राहीको उपचारको केन्द्रका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.