|

कांग्रेस : नेपाली कांग्रेसले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बिहीबार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

बैठकले नेपाली कांग्रेस सदैव गठबन्धनकाप्रति इमान्दार रहेको दाबीसमेत गरेको छ। बैठकका निर्णय सुनाउँदै काँग्रेस प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका मूल्य, मान्यता, गठबन्धनमा रहँदा हाम्रोबीचमा भएका सहमतिलाई अक्षरशः पालना गर्नेगरी काँग्रेस प्रश्तुत हुँदासमेत प्रधानमन्त्री दाहालले नेपाली काँग्रेसलाई विश्वासघार गरी गठबन्धनमाथि बेइमानी गरेको काँग्रेसको ठहर गरेको बताए।

उनले प्रधानमन्त्रीले गठबन्धन भत्काउनुपरेको कारणहरु काल्पनिक, कपोकल्पित र तथाकथित रहेको बताए। प्रधानमन्त्री दाहालले काँग्रेससँगको गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्योल र अनिश्चिततातिर लैजाने काम गरेको जिकिर कांग्रेसको छ।

उनले भने, ‘जनताका बीचमा पनि गठबन्धन बनाएरै गएका थियौँ। हाम्रो गठबन्धन निर्माणको मुख्य उद्देश्य भनेको नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यो व्यवस्थालाई सुदृढ गर्दै मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि, स्थिरता प्राप्त गर्ने लक्ष्यका साथ हामीले गठबन्धन गरेका थियौँ। नेपाली काँग्रेस सदैव गठबन्धनकाप्रति इमान्दार रह्यो। हामीले गठबन्धनका मूल्य, मान्यता, गठबन्धनमा रहँदा हाम्रोबीचमा भएका

सहमतिलाई अक्षरशः पालना गर्नेगरी हामी प्रतिवद्ध रह्यौँ। र तदनुरुप काम गरेका थियौँ। तर पछिल्लो समयमा गठबन्धनका तर्फबाट प्रधानमन्त्री बन्नुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालजीले गठबन्धनलाई, हामीलाई विश्वासघात गरेर गठबन्धन भत्काउनुभयो। उहाँले जुन कारणहरु विभिन्न ढंगले भनिरहनुभएको छ, ती अत्यन्त काल्पनिक, कपोकल्पित र तथाकथित कारणहरु देखाएर गठबन्धन भत्काउनु भयो। यसलाई हामीले राजनीतिक बेइमानीका रुपमा ठहर गरेका छौँ।'

प्रमुख सचेतक लेखकले नेपाली काँग्रेसले अब संघीय संसदमा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने बताए। पार्टीले संघीय संसदमा रहेका नेपाली काँग्रेसका सम्पूर्ण सदस्यहरुलाई संसदमा देश र जनताका हीतमा प्रभावकारी रुपले प्रश्तुत हुन र रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्न निर्देशनसमेत दिएको छ।

बैठकमा पछिल्लो समयमा विकसित र परिवर्तित राजनीतिक घटनाका बारेमा पनि छलफल भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.