|

काठमाडौं : नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। 

सत्ता समिकरण फेरिएपछिको राजनीतिक समीक्षा गर्न एमालेले सचिवालय बैठक बोलाएको हो। बैठक बिहान ९ बजे  पार्टी कार्यालय च्यासलमा बस्न लागेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

सरकारमा सहभागी भएपछिको अवस्थामा छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन्। 

बैठकमा पार्टीले गरेको पछिल्लो निर्णयको समीक्षा तथा आगामी कार्ययोजनालगायतमा छलफल हुने बताइएको छ। पछिल्लो गठबन्धन, सरकारमा सहभागितासहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा उठेका विषय नै छलफलका मुख्य एजेण्डा रहेको उपमहासचिव ज्ञवालीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.