|

काठमाडौँ : राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले नर्सिङ र मेडिकल कलेजहरूलाई शिक्षण अनुमति नदिएर त्रुटि भएको बताएकी छन्।

आइतवार राष्ट्रियसभा बैठकमा आगामी आव २०८१।०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै राष्ट्रियसभा सदस्य गैरेले यस्तो बताएकी हुन्। उनले नेपालमा नर्सिङ पढ्न नपाएपछि विद्यार्थीहरू विदेशिन बाध्य भएको उनले बताइन्।

नेपालमा पढ्न नपाउँदा विद्यार्थीले विदेशमा दुःख साथ पढ्नुपरेको भन्दै यसबारेमा अब सरकारले सोच्नुपर्ने बताइन्।

उहाँले भनिन्, ‘आज युवाहरु शिक्षाको नाममा दिनप्रतिदिन बहिर्गमन भइरहेका छन्। हिजो हामीले केही त्रुटि गर्‍यौँ भन्ने लाग्छ। हामीले नर्सिङ कलेज, मेडिकल कलेजहरुलाई शिक्षणका लागि अनुमति नदिने, त्यसलाई साँघुरो बनाउँदा आज हाम्रा भाइबहिनी भारतका बोर्डमा, बंगलादेश र युरोपमा गएका छन्। धेरै दुःख पाएका छन्। त्यसकारणले अबको सरकारले सोच्नुपर्छ।’

उनले बुबाआमाको लासले छोराछोरी कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.