|

बैतडी : विद्यालयमा आगजनी गरेर फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुरचौडी नगरपालिका १० मा रहेको रौलेश्वर मावि विजयपुरमा आगजनी गरेको आरोपमा विजयपुरकै लक्ष्मीदत्त जोशीलाई पक्राउ गरेको हो।

जोशीलाई ३ दिन म्याद थप गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। विद्यालयमा गएको चैत १४ गते आगजनी गरिएको थियो। विद्यालयले दिएको किटानी जाहेरीको आधारमा जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले बताए।

विद्यालयमा आगजनी हुँदा विद्यालय भवन पूर्ण रुपमा नष्ट भएको थियो। विद्यालयमा आगजनी भएदेखि जोशी भारत गएको र एक हप्ताअघिमात्रै नेपाल फर्केका थिए। उनलाई शुक्रबार मध्यान्न १२ बजे सदरमुकाम शाहिलेकबाट प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक बमले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.