|

बैतडी : बैतडीमा चारजना फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमध्ये जिल्ला अदालत बैतडीको फैसलाले कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ११ महिना ११ दिन कैद सजाय ठहर भई फरार रहेका बैतडी सिगास गाउँपालिका–२ बस्ने ३८ वर्षीय राजेन्द्रसिंह धामी रहेका छन्।

बैतडी जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक नन्दराज जोशीका अनुसार धामीलाई प्रहरी चौकी गाँजरीबाट खटिएको टोलीले गाजँरी बजारबाट पक्राउ गरेको हो। 

विष्फोटक पदार्थसम्बन्धी कसुरमा १ महिना १९ दिन कैद सजाय सुनाइएपछि फरार रहेका दशरथचन्द नगरपालिका-६ का ४४ वर्षीय नारायणसिंह ऐरी, सोही ठाउँका ४७ वर्षीय अर्जुनसिंह रावल र ५१ वर्षीय भीमसिंह ठगुन्ना पनि पक्राउ परेका छन्। 

उनीहरू सबै जनालाई बुधवार गढी बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूलाई  जिल्ला अदालत बैतडीमा पेश गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.