संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका–६ जिरो प्वाइन्टमा बसले किच्दा एकजनाको मृत्यु भएको छ।
बसले किचेर धनकुटा नगरपालिका–६ पात्लेखोलाका ३० वर्षीय मनोज खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। उनी साेही बसका सहचालक हुन्।
चैनपुरको नुनढाकीबाट ईटहरीतर्फ जाँदै गरेको बसको ढोकाबाट झर्दा पछाडीको टायरले किचेर सहचालक खड्का गम्भिर घाइते भएका थिए।
सहचालक खड्काको उपचारका लागि धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले बस चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–१ का ३३ वर्षीय कुमार उपाध्यायलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।