संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गर्न माग

|

काठमाडौं : संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीले संविधान संशोधनको विषयलाई सम्बन्धित पक्षसँग तत्काल वार्ता गरेर टुंगो लगाउन माग गरेका छन्। फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै संसदमा टेबल गरिएको संशोधन विधेयक परिमार्जनसहित पारित गर्न माग गरेका हुन्। अन्यथा सो विषयले गम्भीर राजनीतिक संकट निम्त्याउन सक्ने उनीहरुको चेतावनी छ।

साथै विज्ञप्तिमा पुरानै संसदीय क्षेत्र कायम राख्ने भन्ने विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। ‘राज्यको पुनःसंरचनामा प्रवेश गरिसकेर स्थानीय तहको निर्वाचनसमेत भइसकेको अवस्थामा फेरि पुरानै संसदीय निर्वाचन क्षेत्र कायम राख्ने भन्ने विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। कुनै पनि हालतमा पुरानै निर्वाचन क्षेत्र कायम राख्ने कुरा हामीलाई मान्य हुने छैन,’ विज्ञप्तिमा भनिएको छ।

स्थानीय तहको निर्वाचनपछि अब प्रदेशको नै चुनाव गर्नुपर्नेमा समेत विज्ञप्तिमा जोड दिइएको छ।

पढ्नुहोस् विज्ञप्तिको पूर्णपाठ:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.