|

रुकुम : रुकुममा एकसातादेखि श्रीमती सम्पर्कविहीन भएपछि श्रीमानलाई आफ्नी श्रीमती खोज्न सास्ती परेको छ। मुसीकोट नगरपालिका वडा नं. ४ सोलावाङकी ३० वर्षीया बिना खड्का २४ असार शनिबारदेखि घरबाटै सम्पर्कविहीन भएकी हुन्।

शनिबार साँझतिर घरमा कोही नभएको बेला उनी घरबाट निस्किेको उनका श्रीमान् रामबहादुर खड्काले बताए। यसभन्दा अघि पनि बेला-बेला आफन्तहरुको घरमा बस्ने गरे पनि यसपालि त्यस्तो नभएको परिवारले जनाएका छन्। सबै आफन्तहरु कहाँ सम्पर्क गर्दा पनि बिना नभेटिएको खड्काले बताए।

उनी सामान्य मानसिक समस्याबाट ग्रसित छिन्। आफन्तहरुले खोजतलासका लागि प्रहरीलाई समेत अनुरोध गरेका छन्। भेट्टाउने जो कोहीले नजिकैको प्रहरी चौकीमा खबर गरिदिन अनुरोध गरेका छन्। उनको दुई छोराहरु छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.