|

काठमाडौं : त्रिवि शिक्षण अस्पताल, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) र जापानको आम्दा इन्टरनेशनलबीच विपद व्यवस्थापनमा आपसी सहयोग आदान प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। 

आइतबार अस्पतालको वार्षिक उत्सवको अवसरमा भएको सम्झौतामा विपदको बेलामा नेपाल र जापानबीच प्रविधी एवं चिकित्सकीय सेवा आदान प्रदान गर्ने उल्लेख गरिएको छ। जापानमा कुनै पनि विपत्ति आइपरे शिक्षण अस्पतालमा कार्यरत नेपाली चिकित्सकको टोलीले जापान गएर सहयोग गर्ने र नेपालमा कुनै विपत्ति आइपरे त्यहाँका चिकित्सकहरुले नेपालमा आएर सहयोग गर्ने समझदारी भएको छ। 

सम्झौतापत्रमा नेपालका तर्फबाट चिकित्सा शास्त्र अध्ययन संस्थानका विभागीय प्रमुख डा. जगदिशप्रसाद अग्रवाल, त्रि. वि. शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दीपक महरा र आम्दा इन्टरनेनलका तर्फबाट सिगेरु सुनागामीले हस्ताक्षर गरेका छन्।

‘नेपालीहरुको बहादुरी तथा वीरताको कदर गर्दै आज नेपाल र जापानबीच यो सम्झौता गरिएको छ। यो सम्झौता अब हामी मरे पनि अनन्तकालसम्म रहिरहन्छ’, आम्दाका सुनागामीले भने। उनले ०७२ सालको विनाशकारी महाभूकम्पका बेला नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले देखाएको तदारुकताको समेत खुलेर प्रशंसा गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.