|

गौर : रौतहटमा सवारी दुर्घटनामा परी दम्पतीको मृत्यु भएको छ। रौतहटको बागमतीस्थित चन्द्रनिगाहपुर-बागमती सडक खण्डको पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट साइकलमा सवार दम्पतीको मृत्यु भएको हो।

बसको ठक्करबाट चन्द्रपुर वडा नं-१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

पश्चिमबाट सर्लाहीतर्फ जाँदै गरेको मे १ ख २५३६ नम्बरको बसले साइकल चढेर पूर्व जाँदै गरेको राई दम्पतीलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका राई दम्पतीलाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल पुर्‍याइएको थियो। अस्पतालले दुबैलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ।

घटनास्थलमा इलाका प्रहरीका डिएसपी गौरव महत र ट्राफिक प्रहरी निरीक्षक सुशील आचार्य सहितको टोली पुगेर बसचालक बारा कोल्बीका धनबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।

मृतकका परिवारले घटनास्थलबाट प्रहरीले शव उठाएको भन्दै प्रतिवाद गरेर पूर्वपश्चिम राजमार्गमा अवरोध खडा गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.