विचार

नेपालीबीचको एकतामै नेपालको अस्तित्व दिगो हुनेछ
SHARES

साउन २, २०७४

    संविधान एउटा छ, नयाँ। त्यसको सहजताका साथ कार्यान्वयन हुन सकिरहेको छैन। संविधानसभाबाट संविधान बन्ने/बनाउने प्रतिबद्धता पूरा गर्न/गराउन राज्यलाई ६५ वर्ष लाग्यो। हुनत जुन  दिनदेखि संविधान बन्न थाल्यो, एउटा शक्ति संविधानसभा नै बन्न नदिन र निर्वाचित संविधानसभाबाट कुनै पनि हालतमा संविधान बन्न नदिन सक्रियताका साथ लागेको स्पष्ट अनुभूत हुन्थ्यो। 

    अहिले जजसले जेजे धाक लगाए पनि यदि सुशील कोइराला जस्ता अडान भएका र सिद्धान्तनिष्ठ प्रधानमन्त्री समन्वयकर्ता हुँदैनथे भने नेपालमा अरू १० या २० वर्ष नयाँ संविधान आउने रहेनछ भन्ने कुरा संविधान घोषणादेखिका आजसम्मका क्रियाकलापले बताइरहेका छन्। 

    राज्यमा बेथिति बढेको छ। अराजकता मौलाएको छ। तर अचम्म छ, जो चोर उसकै ठूलो स्वर भन्ने उखानझैँ जसले बेथितिलाई संस्थागत गर्न चाहेको छ, अहिले उसकै स्वर बढी थिति बनाउने भनेर चर्किएको बनेको अवस्था छ। 

    राप्रपाका नेताहरूको अन्तर्वार्ता सुन्यो भने लाग्छ, उनीहरू भन्दा अनुशासित र प्रजातन्त्रप्रेमी कोही पनि छैनन् र हिजोको पञ्चायत अहिलेको भन्दा धेरै प्रजातन्त्रवादी व्यवस्था थियो जस्तो। उनीहरू अवसरवादी होइनन् रे! र उनीहरूले अहिलेका मूलधारका दलहरूको विकल्प दिनका लागि आजको भूमिका निर्वाह गरेका रे! त्यसैले अहिलेका मूल पात्रहरू खराब छन् र अहिलेको प्रजातान्त्रिक व्यवस्था खराब छ।

    अझ केही पुराना पञ्चायती पात्रहरूले बहुदलीय व्यवस्थाको पुनःस्थापनापश्चात व्यवस्थाको बदनाम गर्नका लागि जे पनि गरे, जसलाई पनि मतदान गरे, किनभने त्यसो गरे मात्र व्यवस्था बदनाम हुनसक्थ्यो। आज पनि त्यही गर्दै छन्। 

    हुनु के पथ्र्यो भने राप्रपा दक्षिणपन्थी शक्ति हो भने उसले प्रजातन्त्रका पुराना मान्यताहरूलाई हुबहु लागू गर्न राज्यलाई दवाब दिन सक्नुपथ्र्यो। अर्थात् पुरातनपन्थकोे हिसाबले पनि प्रजातन्त्र पक्षधर हुन सक्नुपथ्र्यो। अहिलेसम्मको समीक्षामा कुनै पनि पुराना पञ्चहरू प्रजातन्त्रवादीसँग भन्दा वामपन्थीहरूसँग नै निकट देखिन्छन् र झन् माओवादीसँगको साँठगाँठलाई बढी कसिलो बनाउन चाहेका देखिन्छन्। 

    त्यति मात्र होइन, गन्तव्यविहीन यात्रीझैँ अलमल अलमल राजनीतिमा रुमलिएको पाइन्छ। यदि उनीहरूको सिद्धान्त हिन्दूवाद नै हो भने पनि स्पष्ट हुनु जरुरी भयो, तर व्यावहारिक रूपमा। यदि उनीहरू राजावादी नै हुन् भने पनि किन गणतन्त्रमा राजा फेरि चाहियो भन्ने प्रष्ट धारणा दिन सक्ने हुनुपर्‍यो। यदि प्रजातन्त्रवादी हुन् भने भन्न सक्नुपर्‍यो, प्रजातन्त्रका यी यी आदर्शप्रति हामी प्रतिबद्ध छौँ।

    समसामयिक अवस्थामा राजनीति भनेको अव्यवस्थाको आधार होइन, तर कसैको केही अभीष्ट पूरा गर्न खटिएका नेपाली अनुहारका विदेशी दलालहरूका कारण मूलधारको राजनीतिले बाटो पनि बिराएकै छ। बाटो बिराएको थाहा पाउँदा पाउँदै पनि आफूलाई सुधार्नेभन्दा अरूलाई गाली गलौज गर्न तम्सिएको आधुनिक नजिर छ। 

    केही हदमा सूर्यबहादुर थापा, डा. प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणाहरूले आफूलाई प्रजातन्त्रवादी धारमा उभ्याएका हुन् र युवाहरूलाई आकर्षण पनि गरेका हुन् किनभने हिजोका दिनमा उनीहरूले राजासँग पनि केही विषयमा अडान लिएका थिए। पञ्चायतलाई सुधारात्मक व्यवस्थाका रूपमा चित्रित गर्न चाहेका थिए।

    बहुलवादी बहुदलीय व्यवस्था भनेको विधिको शासन हो। एकतन्त्रीय जस्तो जतिबेर जे मन लाग्यो त्यही गर्न कसैलाई पनि छुट छैन। यस्तो व्यवस्थामा गान्धी पनि उत्पन्न हुन्छन्, वीपी पनि उदाउँछन् र पुष्पलाललाई पनि उत्तिकै महत्त्व दिइन्छ। पुष्पकमल दाहालले जुन व्यवस्थाका विरुद्धमा हतियार उठाएका थिए, त्यसैले उनलाई प्रधानमन्त्री दुई दुई पटक बनाएको छ। बाबुराम भट्टराई पनि प्रधानमन्त्री भएका थिए भनेर एक दिन इतिहास पढ्दा मानिसहरू घोत्लिनेछन् र उनका सिद्धान्तहरू खोज्न थाल्नेछन्। 

    समसामयिक अवस्थामा राजनीति भनेको अव्यवस्थाको आधार होइन, तर कसैको केही अभीष्ट पूरा गर्न खटिएका नेपाली अनुहारका विदेशी दलालहरूका कारण मूलधारको राजनीतिले बाटो पनि बिराएकै छ। बाटो बिराएको थाहा पाउँदा पाउँदै पनि आफूलाई सुधार्नेभन्दा अरूलाई गाली गलौज गर्न तम्सिएको आधुनिक नजिर छ। 

    अहिले एउटा धार बलियो भएको छ, भावी र सम्भावित भविष्यको परिणामप्रति अहिले नै घृणा उत्पन्न गर्न थाल्ने। कोही प्रधानमन्त्री हुँदै छ निकट भविष्यमा भने पहिलेदेखि नै समाजमा घृणा उत्पन्न गर्न थाल्ने। कोही प्रधानन्यायाधीश हुन थालेको छ भने त्यसका विरुद्धमा पहिलेदेखि नै एउटा मनगढन्ते मनोवैज्ञानिक युद्धको सुरुवात गर्ने। 

    आखिर उही मान्छे भएछ पछि भने घृणाको बिउलाई मलजल गरेर अविश्वासको खेती मौलाउन लगाउने। यसले कसलाई फाइदा पुर्‍याएको छ भने जसले यो देशलाई सिध्याउने खेल गरिरहेको हुन्छ। अनुहार नेपालीको छ तर काम नेपालको दीर्घकालसम्म अहित गरिरहने जिम्मा लिएको जस्तो। 

    कस्तो अवस्था छ भने एकातिर राज्यका मुख्य अवयवहरू, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका बीचमा जानाजान एउटा खाल्डो बनाइएको छ। त्यो पनि राजनीतिक उतार चढावको एउटा पाटो बनेको छ। प्रजातन्त्र भनेको आफैँमा केही पनि होइन, तर निश्चित कामका लागि भनेर दायित्वबोध गर्दै खोलिएका संस्थागत कामको एउटा समन्वय मात्र हो। जसरी एउटा शरीरका सबै अवयवले सहजताका साथ र प्रकृतिले तोकेको काम गरे व्यक्ति स्वस्थ मानिन्छ, होइन्छ, ठीक त्यसैगरी कुनै पनि सानो वा ठूलो राज्य जे होस्, काम गरे राज्य विधिको शासनमा चलेको मानिन्छ।

    तर तोकिएका संस्थाहरूको कुनै पनि काममा शिथिलता आयो वा कुनै काम हुन सकेन बेलामा भने राज्य बेथितिको सिकार हुन्छ। अहिले नेपालमा राज्यलाई असफल देखाउन खटिएका वा खटाइएकाहरूबाट नेपाल आक्रान्त छ र नेपाल भन्ने एउटा सार्वभौमिक राज्य, स्वतन्त्र राज्य कतैबाट योजनाबद्ध तरिकाले प्रताडित छ। 

    हुनत संविधानसभाबाट संविधान प्राप्त हुनुभन्दा पहिले भारत टुक्रियो, भारतमा राष्ट्रपिताको हत्या भयो र हजारौँ भारतीय जातीय दङ्गामा मारिए। हिन्दू–मुसलमानको बीचमा दंगा भए। हिंसाको लामो यात्रा चलिरह्यो र त्यसको तुस अहिले पनि छ। हालै उत्तर प्रदेशमा त्यसको ताजा रूप देख्न थालिएको छ। सात दशकदेखिको भारतको जातीय विवाद आज पनि ताजै छ र मुलुक कुनै पनि बेला साम्प्रदायिक विवादमा जकडिएकै छ।

    कुनै पनि बेला कहीँ पनि साम्प्रदायिक दंगा हुन सक्ने अवस्था विद्यमान छ भारतमा। नेपाललाई पनि त्यस्तै विवादको भुमरीमा जाक्ने राष्ट्रिय अन्तर्राष्ट्रिय षड्यन्त्र कायम छ र त्यसैको फलस्वरूप उही तत्त्वले हिन्दू धर्मको पक्षमा र विपक्षमा नेपाललाई विभक्त गरेर धार्मिक विवाद ल्याउन चाहेको देखिन्छ। 
    नेपालमा हिजो धार्मिक सापेक्षता हुँदा वा अहिले निरपेक्षता हुँदा खासै फरक महसुस गरिएको छैन तर हिन्दू धर्म र इसाइ धर्मको विवाद नेपालमा भन्दा नेपालबाहिर बढी नै गरिएको अवस्था विद्यमान छ। यसो हुनुमा निर्णायक कारक नेताहरूको जहाँ जसले जे भन्छ, ‘त्यसैमा भइहाल्छ नि’ भन्ने भनाइ पनि हुनसक्छ। 

    नेपाल जस्तो शान्त र सबै धर्मका, संस्कृतिका, भाषाका र विचारका मानिसहरू शान्तिपूर्वक सहकार्य गरी बसेको संसारमा अरू कतै पाइँदैन। त्यसको रिस गर्नेहरूका लागि यो देश शान्तपूर्वक बाँचेको हेर्न मन छैन भन्ने बुझ्न सकिन्छ। तर हामी नेपालीले लहैलहैमा नलागी दृढतासाथ राष्ट्रियता र आफ्नो विशेष पहिचान दिन सक्दा कसैको पनि केही लाग्दैन भन्ने कुरा आजसम्मको नेपालको स्वतन्त्र इतिहासले देखाएकै छ। हिजो हामी युद्धमा मात्र होइन, धर्म, संस्कृति र सहकार्यमा पनि विश्वमा अनुपम थियौँ। आज पनि हामीले त्यो छवि उज्यालो पार्ने समय अरू आएको देखिन्छ। 

    नेपाल नेपालीको हो, यसमा कसैले केही गर्न सक्दैनन्। हामीले आफ्नो एकता र राजनीतिक सुझबुझ देखाउन सक्यौँ र आफ्ना विवादहरू आन्तरिक रूपमा छिनोफानो गर्न सक्यौँ अनि कसैको पनि हस्तक्षेपलाई नकार्न सक्ने क्षमता वृद्धि गर्‍यौँ भने हामीलाई कसैले पनि हेप्न पनि सक्दैनन् र हेपिनु पनि पर्दैन। 

हरिविनोद अधिकारी

पत्रकार अधिकारी समसामयिक विषयमा कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]