|

जनकपुरधाम : होली पर्व सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा र भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)बीच चैत १२ गते हर्ष र उल्लासमय वातावरणमा मनाइएको छ।

मधेश प्रदेशस्थित नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहको प्रमुख आतिथ्यमा मनाइएको होलीमा भारतीय सशस्त्र सीमा बलका कमाण्डेन्ट गोविन्द भण्डारी, नं. ८ गण धनुषाका गणपति सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरी लगायत सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बलका कर्मचारी तथा स्थानीय बासिन्दाले आपसमा होलीको शुभकामना आदानप्रदान गरेका थिए।

सोही अवसरमा नायव महानिरीक्षक शाहले यस्ता किसिमका कार्यक्रमले राष्ट्रसेवक कर्मचारीमा हौसला प्रदान हुनुका साथै दुई सुरक्षा निकायबीचको सम्बन्ध सुमधुर बनाउँदै सीमा सुरक्षा र सीमा अपराध नियन्त्रणमा समेत सहयोग पुग्ने बताए।

सीमामा होली मनाउने परम्पराले सीमा सुरक्षामा सरोकार राख्ने सम्पूर्ण पक्षलाई एउटै स्थानमा ल्याई सामाजिक सद्भाव कायम राख्न मद्दत पुग्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.