|

काठमाडौं : अमेरिकी सहर बाल्टिमोरस्थित पटापस्को नदीको पुलमा मालबाहक पानी जहाज ठोक्किएर पुल नै भाचिँदा ६ जनाको मृत्यु भएको छ।

हिजो मालबाहक पानी जहाज ठोक्किँदा ३ किलोमिटर लामो पुल भाँचिएको छ। र, पुल भाँचिदा थुप्रै सवारी साधन नदीमा खसेको अनुमान गरिएको छ। 

अहिलेसम्म ६ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा अहिले पनि उद्धार तथा खोजी कार्य जारी छ।​ मेरील्यान्डका गभर्नर वेस मूरले दुर्घटनाबाट प्रभावित मानिसहरुको सम्झनामा पुलको पुनर्निर्माण गरिने बताएका छन्। 

राष्ट्रपति जो बाइडनले पुलको पुनर्निर्माण र बन्दरगाहलाई पुनः सञ्चालनमा ल्याउन सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.