|

  • गणेश खनाल-

अर्घाखाँची : ३ वर्षदेखि गवारो नामको किराले सताएपछि जिल्लाका कृर्षकहरुले कफी उप्पादनमा वृद्धि गर्न सकेका छैनन्। विश्वमै उष्कृत ब्रान्ड पाएको अर्घाखाँचीको कफीमा पछिल्लो तीन वर्षदेखि उप्पादनमा कमी आएको हो।

०६९ साल देखी झन्डै १२ टन कफि उप्पादनमा कमी आएको हो। सो वर्ष भन्दा अगाडी १६ टन उप्पादन हुदै आएको थियो।  गवारो किराले कफिका बोटमा आक्रमण गरि ध्वस्त पारेपछि पकेट क्षेत्रका रुपमा रहेका किमडाँडा, ठूलापोखरा, वाङ्गला, बल्कोट, धारापानी गाविसहरुमा उप्पादनमा कमी आएको हो।

यद्यपि, अबका वर्षहरुमा भने कफी उप्पादन बढ्ने कृर्षकहरुको भनाइ छ। किराले खाएका बोटहरुको सट्टामा लगाएका विरुवाहरु हुर्किएकाले उप्पादन बढ्ने कफी व्यवसायी संघका जिल्ला कोषध्यक्ष पुस्करनाथ बजान्डेले बताउनुभयो। ०६८ सालमा गवारोकिराले बोटहरु नष्ट गरिदिएकाले १८ टन उप्पादन हुदै आएको कफि वार्षिक रुपमा ६ टन मात्र उप्पादन भइरहेको बजान्डेले बताए।

किराको निराकरण भने भइनसकेको र रोकथामको कुनै उपाय नभएकाले पुन विरुवा नष्ट हुन सक्ने कृर्षकको भनाई छ।  अर्घाखाँचीमा ०५८ सालदेखी कफि व्यवसायी संघ स्थापना गरी व्यावसायिक रुपमा व्यवसाय सुरु गरिएको हो।

०६०÷६१ मा जिल्लाका १८ गाविस किमडाँडा, ठूलापोखरा, वाङ्गला, बल्कोट, धारापानी, बल्कोट, छत्रगन्ज,केरुङ्गगा,डिर्भना,ढाडमैदान,पटौटी,ठाडा,जुकेना,अर्घा,

खिल्जी, असुरकोट, ढिकुरा, खाँचीकोटमा ४१ समूह गठन गरि १ हजार १ सय ६५ सदस्य निर्माण गरिएको बजान्डेले बताए। अर्घाखा“चीमा उत्पादन भएको अर्गानिक र पार्चमेन्ट कफी कोरिया, अमेरिका र जापानमा निर्यात भएको छ। जिल्ला कफी व्यवसायि संघले सघाउदै संकलन गरिदिएपछि नेपाली कफीको विदेशमा बजारीकरण हुदै आएको हो। बजारको कुनै अभाव नभएको कृर्षकको भनाइ छ।

कोरिया, अमेरिका,जापानका मानिसहरु आफ्नो बगै‌ंचा कैयौं पटक आएको र ८÷१० दिनसँगै गाउँमै बसी रमाएको व्यावसायीक खेती गदै आएका पोखराथोकका कृष्ण प्रसाद पाण्डेले बताए। विश्वको उकृष्ट कफी उप्पादन गर्ने व्यक्ति भन्दै कोरियनहरुले आफ्नो देशसमेत घुमाउन आफूलाई लगेको पाण्डेले बताए। नेपालमा केहि वर्ष पहिले भएको ३२ देशका कफी व्यावसायीहरुको तालिममा कप टेष्ट गर्दा पनि नेपालकै (अर्घाखाँची,गुल्मी)कफि स्वादीलो भएको प्रमाणित भएको तालिममा सहभागी बजान्डेको भनाइ रहेको छ।

पछिल्ला तीन वर्षमा ६ टन पार्चमेन्ट, अर्गानिक ८ टन कफी कोरिया, जापान र अमेरिका निर्यात भएको संघले जनाएको छ। विश्वमा नेपालको कफी उत्कृष्ट भएर माग बढदै गएकाले कफी खेतीलाई व्यवस्थित बनाएर उत्पादनमा वृद्धि गर्न कफी कृषकहरु लागेका छन्। कम लगानीबाट मनग्ये आम्दानी गर्द सक्ने व्यवासय कफी रहेको छ। तर गवारो किरा बाधक बन्दै आएको छ।  यो वर्ष २० हजार विरुवा आपूmले नर्सरीबाट बिक्री गरेको विगत २० वर्षदेखि कृिषमा रहेका बजान्डेले जानाकारी दिए।

जिल्लामा २३ वटा परपर सेन्टर रहेका छन्। ठुलापोखरामा जैविक कफि प्रशोधन कफी उद्योग ०६२ सालमा कृर्षक कृष्ण प्रसाद पाण्डेले स्थापना गर्नुभएको छ कृर्षी विकास कार्यालयले कुनै सहयोग नगरेको कृर्षकहरुको गुनासो रहेको छ। १.०९ हेक्टर जमिनमा कफी खेती हुँदै आएको कृर्षी विकास कार्यालय अर्घाखाँचीले जनाएको छ। गवारो किरा नियन्त्रणका लागी प्रयास भइरहेको जिल्ला कृर्षी विकास कार्यालय अर्घाखाँचीका प्रमुख जगनान्थ तिवारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.