|

काठमाडौँ : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मधेसको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन तीन स्थानमा विशिष्टकृत अस्पताल निर्माण गर्न लागिएको बताएका छन्।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पतालमा अमेरिकी सहयोगमा निर्माण गरिएको अत्याधुनिक बर्थिङ सेन्टरको उद्घाटन गर्दै मन्त्री यादवले सरकारले निकट भविष्यमै मधेसका तीन स्थानमा विशिष्टकृत सेवासहितको अस्पताल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। 

उनले मधेसको जनकपुरधाम, वीरगञ्ज र राजविराजमा उक्त अस्पताल निर्माण गरिने बताए। उपप्रधानमन्त्री यादवले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत अस्पतालहरु आएपछि केही सुधार आए पनि आशा गरे अनुरुप सुधार नभएको जिकिर गरे।

सुधार ल्याउनका लागि चिकित्सक मात्र नभई आ–आफ्नो क्षेत्रबाट सबैले समर्पण देखाउनु आवश्यक रहेको उपपप्रधानमन्त्री यादवको भनाइ थियो।

प्रादेशिक अस्पतालमा वर्षेनी १२ हजार बढी प्रसुति हुँदै आएकोमा बर्थिङ सेन्टर निर्माणले सुरक्षित प्रसुति सेवा प्रदान गर्न सहयोगी सावित हुने चिकित्सकहरुले बताए। यसका साथै मातृ मृत्युदर घटाउन समेत मद्दत पुग्ने उनीहरूको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.