|

रुपन्देही : व्यापारिक मार्ग विस्तार आयोजनाले बेलहिया–बुटवल सडक क्षेत्रमा रहेका घरहरु हटाउने तयारी गरेको छ। आयोजनाले भदौ ५ गतेसम्मको समय सडक क्षेत्रभित्र पर्ने दिँदै ३ सय ८१ घरहरु भत्काउन घरधनीलाई आह्वान गरेको छ। 

आयोजनाले सडकक्षेत्र भित्र पर्ने बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोलासम्मका ३ सय ११ घर हटाउन भन्दै सूचना निकालेको छ।

यसअघि सडकको ८२ फुटभित्र पर्ने घरहरुमा चिनो लगाइसकेको आयोजनाले भदौ ५ गतेसम्मको समय दिएको छ। ‘भदौ ५ गतेभित्रमा चिनो लगाएका घरहरु घरधनीले आफ्नै हिसाबले भत्काउनुुहुनेछ भन्ने हाम्रो विश्वास छ, आयोजनाका प्रवक्ता लिलबहादुर भण्डारीले भने, ‘यदि त्यो समयसम्म पनि नहटाए हामी बाध्य भएर डोजर चलाउनुपर्नेछ।’

उनका अनुसार घरधनीले ८२ फूट कायम गर्नका लागि चिनो लगाएको भागदेखि सडकतर्फको भाग मात्रै भत्काउनुपर्ने छ। यस्तै आयोजनाले बेलहियादेखि नवलपरासीको भुमही बाइपास क्षेत्रमा पर्ने ७० घर टहरा पनि हटाउन भनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.