|
फोटो सौजन्य : राष्ट्रपति कार्यालय

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा गोपाल पराजुलीलाई नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश पराजुलीलाई राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गरेकी हुन्।

नियुक्तिपछि प्रधानन्यायाधीश पराजुलीले सोमबार नै राष्ट्रपतिबाट शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, सर्वोच्च अदालतका न्यायाधीशहरु, न्यायपरिषदका सदस्यहरु, संवैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु र सुरक्षा निकायका प्रमुखहरु उपस्थित थिए।

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश पराजुलीलाई संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेपछि संसदीय सुनुवाई विशेष समितिमा आइतबार सुनुवाई भएको थियो। सुनुवाई समितिबाट उनको नाम सर्वसम्मतिले अनुमोदन भएको थियो। पराजुली आउँदो वैशाखसम्म प्रधानन्यायाधीश रहनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.