|

सुर्खेत : डोल्पामा शनिवार अत्याधिक हावाहुरीका मुड्केचुला गाउँपालिका ९ होर्तगाउका ४० वर्षीय सिद्ध बुढाको मृत्यु भएको छ। 

आलु र मल घोडामा घर तिर ल्याउदै गर्दा बीच बाटोमै एक्कासी रुख ढलेर रुखले च्यापेर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। उनका अनुसार  मुसि खोलाबाट आलु र खेतमा प्रयोग गर्ने मल घोडामा राखेर घर तिर ल्याउदै गर्दा हावाहुरिले रुख ढल्दा बुढासँगै दुई वटा घोडा च्यापिएका थिए। 

रुखले च्यापिएर हात र दुबै खुट्टा भाचिरेका बुढाको उपचारको लागि डोल्पा देखि जुम्ला लैजाँदै गर्दा बाटोमा अत्याधिक रक्तश्राबका कारण शनिवार साँझ लामाचौरमा ज्यान गएको अध्यक्ष शाहीको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.