|

काठमाडौं : प्रधानन्यायाधीश गोपाल पराजुलीले सोमबार पदभार ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्ति र सपथ लिएसँगै पराजुलीले सर्वोच्च अदालतमा आई पदभार ग्रहण गरेका हुन्।

प्रधानन्यायाधीशबाट सुशीला कार्कीले अवकाश पाएपछि कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका पराजुलीलाई सोमबार नै राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्ति गरेकी हुन्। राष्ट्रपति कार्यालयमा सपथ लिएर सर्वोच्च अदालत आएका पराजुलीको अदालत परिसरमा भव्य स्वागत गरिएको थियो। अदालतका कर्मचारी र न्यायाधीशहरु पराजुलीलाई स्वागत गर्न सर्वोच्च अदालत परिसरमा लामवद्ध थिए। 

हेर्नुस् पराजुलीले पदभार ग्रहण गर्दाको केही फोटो

फोटोहरु : दिपक केसी

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.