|

काठमाडौँ : भारतमा जारी एसएमएस फ्रेन्डशिप कप क्रिकेटमा नेपालले पहिलो हार बेहोरेको छ। 

लिगको अन्तिम खेलमा आज (शुक्रवार) नेपाल घरेलु टोली बरोडासँग ३७ रनले पराजित भएको हो। 

जितका लागि घरेलु टोली बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ११९ रनमात्र बनाउन सक्यो। 

नेपालका लागि सन्दिप जोराले सर्बाधिक ५६ रनको योगदान गरे। ४३ बलको सामना गरेका उनले ३ चौका र ४ छक्का प्रहार गरे। विवेक यादवले १७ रन जोडे। 

त्यसअघि साई मेघपान स्पोर्ट्स लाइफ क्रिकेट मैदानमा टस जितेर शुरुवाती ब्याटिङ थालेको बरोडाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनायो। 

नेपाल र गुजरात दुवै टोली यसअघि नै फाइनल प्रवेश गरिसकेका छन्। फाइनल खेल पर्सि आइतवार हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.