|

अमेरिकाको न्यूयोर्कमा लामो समयपछि ठूलो भूकम्प महसुश भएको छ। 

स्थानीय समयअनुसार शुक्रबार न्यूयोर्कमा ४.८ म्याग्निच्यूडको भूकम्पको धक्का महसुश भएको हो। पछिल्लो ५० वर्षमा न्यूर्योकमा ४ म्याग्निच्यूडभन्दामाथिका तीनवटा धक्का महसुस भएका छन्,जसमध्ये यो पटकको भूकम्प सबैभन्दा शक्तिशाली हो। 

भूकम्पका कारण न्युयोर्कको स्ट्याचु अफ लिबर्टी लगायत कयौँ गगनचुम्बी भवन हल्लिएका छन्। न्यूजर्सीको सीमा क्षेत्रमा गएको भूकम्पको धक्का पेन्सिलभेनियादेखि कनेक्टिकटसम्म महसुश गरिएको छ। भूकम्पले न्यूयोर्कका सडकमा दरार देखिएको बीबीसीले जनाएको छ। 

अमेरिकी जियोलोजिकल सर्वेका अनुसार भूकम्पपछि कम्तीमा ६ वटा परकम्प महसुश गरिएको छ, जसमध्ये एउटा परकम्प ४ म्याग्निच्यूडभन्दा माथिको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.