|

काठमाडौँ : सरकारले पद सकिएपछि स्वतः खारेज हुने गरी दुई प्रहरी नायव महानिरीक्षक (डिआईजी) पद थपेको छ। 

नेपाल प्रहरीको माग अनुसार यही चैत २२ गतेको मन्त्रिपरिषद् बैठकले प्राविधिक समूहतर्फ २ डिआईजी पद सिर्जना गर्ने निर्णय गरेको हो।

‘कार्यकाल समाप्त भएपछि स्वतः खारेज हुने गरी प्राविधिक प्रहरी समूहतर्फको दुई जना प्रहरी नायव महानिरीक्षक विशेष दल संख्या २ सिर्जना गर्ने' मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ। 

दुई मध्ये एक जना प्रहरीको केन्द्रीय साइबर ब्यूरो र एक जना केनाइन कार्यालयमा रहने छ। ब्यूरोमा एसएसपी नबिन्द अर्याल र केनाइन कार्यालयमा एसएसपी देउती गुरुङ छन्। 

उक्त पदमा अब उनीहरुलाई नै बढुवा गरिने जनाइएको छ। नेपाल प्रहरी श्रोतका अनुसार उनीहरू त्यसक्षेत्रमा विज्ञ भएकाले पनि पद सिर्जना गरेर राख्नु परेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.